चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पुनः सी जिनपिङ, तेस्रो कार्यकाल शुरु

उच्च तहका चार नेताहरुले लिए अवकाश


५ कार्तिक २०७९, शनिबार

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले सी जिनपिङलाई पुनः महासचिवमा चयन गरेको छ । शनिबार सम्पन्न सीपीसीको २० औं महाधिवेशनले उनलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको हो ।

राजधानी बेइजिङमा १६ अक्टोबरदेखि शुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चार जना नेताहरु ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७