तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि सीले भने, ‘विश्वलाई चीन आवश्यक’

ली छयाङलाई बनाए प्रधानमन्त्री, यी हुन् चिनियाँ कम्प्युनिष्ट पार्टीका सात शीर्ष नेता


६ कार्तिक २०७९, आईतवार
1 standing 3 AkGCZ1IXch

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।

बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गरे । ‘तपाईले हामीमा गर्नुभएको विश्वासको लागि म सम्पूर्ण पार्टीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । म हाम्रो पार्टी र हाम्रा जनताको ठूलो विश्वासको योग्य प्रमाणित गर्ने वाचा गर्दछु’, राष्ट्रपति सीले भने ।

‘विश्व विना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ,’ उनले अघि भने, ‘सुधार र खुलापनका लागि ४० वर्षभन्दा बढी निरन्तर प्रयासपछि हामीले दुईवटा चमत्कार बनाएका छौँ– द्रुत आर्थिक विकास र दीर्घकालीन । सामाजिक स्थिरता ।’ राष्ट्रपति सीलेले ‘चिनियाँ राष्ट्रको कायाकल्प’ हासिल गर्ने वाचा गरे, जुन लक्ष्यलाई ताइवानलाई विलय गर्न आवश्यक छ ।’

ली छयाङलाई बनाए प्रधानमन्त्री, यी हुन् चिनियाँ कम्प्युनिष्ट पार्टीका सात शीर्ष नेता
तेस्रो पटक चिनियाँ राष्ट्रपति चुनिएका सी चिनफिङले उच्च राजनीतिक अनुभव नभएका व्यक्तिलाई दोस्रो नेताका रुपमा प्रस्तुत गरेका छन् । तेस्रो पटक पार्टी र देशको नेतृत्वमा चुनिएका सीले आफ्ना विश्वासपात्र ली छयाङलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको सांघाई प्रमुख रहेका ६३ वर्षीय ली यसअघि राष्ट्रपति सीको ‘चिफ अफ स्टाफ’ रहिसकेका व्यक्ति हुन् । लामो समयदेखि सी निकट रहेका ली चीनको शक्तियुक्त दोस्रो नेता बनेका हुन् । कहिल्यै स्टेट काउन्सिलसम्म नबनेका उनी वरीयतामा माथि रहेका धेरै नेतालाई पछि पार्दै प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

सीको तेस्रो कार्यकालमा प्रधानमन्त्री बनेका ली नगरपालिका तथा प्रदेशबाट सिधै चीनको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति भएका अमेरिकी विश्वविद्यालयका प्राध्यापक याङ जोङले बीबीसीलाई बताएका छन् । उनी भन्छन्, ‘प्रधानमन्त्री झो यिन्लाईपछि उपप्रधानमन्त्रीको रुपमा काम नगरेरै प्रधानमन्त्री बन्ने ली एक मात्र व्यक्ति हुन् ।’

आफ्नो छुट्टै शक्ति र स्थापित आधारबिना लीले राज्य परिषद्मा सीले लिने रणनीतिलाई नै पछ्याउने छन् । उनी पार्टीमा पनि सीको छायाका रुपमा मात्रै रहनेछन् । यसअघिका प्रधानमन्त्री ली खछ्याङलाई स्थायी समितिमा सीलाई टक्कर दिनसक्ने एक मात्र व्यक्तिका रुपमा हेरिन्थ्यो । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । पार्टी नेतृत्वमा लगातार तेस्रोपटक चुनिएसँगै उनले अहिले माओत्सेतुङसँग बराबरी गरेको छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रोपटक कुनै नेता सत्तामा आउन सकेका थिएनन् । माओपछि उनी जस्तै शक्तिशाली बनेका सीले आफू नेतृत्वको पार्टीको नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।

राष्ट्रपति सीको नयाँ स्थायी समितिमा प्रधानमन्त्री ली छयाङ, शाओ लेजी, वाङ हुनिङ, चाए छी, देङ सेसियाङ र ली सी रहेका छन् । स्थायी समिति घोषणा गर्दै सीले भने– ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद । मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७