‘मेमोरी किङ’ अर्पणले एमाले अध्यक्ष ओलीबाट लिए विश्व कीर्तिमानको प्रमाणपत्र लिए


६ कार्तिक २०७९, आईतवार
Memori king Arpan

काठमाडौँ । ‘मेमोरी किङ’ भनेर चिनिएका अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् ।

यसअघि सन् २०१५ मा शर्माले १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्र नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु,’ उनी भन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७