राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक


७ कार्तिक २०७९, सोमबार
bidhya janaki

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् ।

सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपति यहाँ पुग्दा हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७