उत्तर कोरियामाथि दक्षिण कोरियाले गर्‍यो जवाफी कारबाही, तीन मिसाइल प्रहार


१६ कार्तिक २०७९, बुधबार
misael 20221102101314

उत्तर कोरिया । उत्तर कोरियाले बुधबार बिहान करिब १० मिसाइल प्रहार गरेको थियो । सो आक्रमणको जवाफमा बुधबार दिउँसो दक्षिण कोरियाले तीनवटा मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाले हावाबाट सतहमा हान्न सक्ने तीन मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको करिब तीन घण्टापछि प्रहार गरिएको उक्त क्षेप्यास्त्र उत्तरी सीमा रेखाबाट केही टाढा खसेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

यो रेखाले अस्पष्ट रूपमा दुई देशबीच समुद्र विभाजित गर्दछ । तर, उत्तर कोरिया भने उक्त सीमा रेखालाई स्वीकार गर्दैन । यसअघि उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको बताइएको थियो । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको थियो । यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७