उत्तरले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्‍यो, बासिन्दालाई घरभित्रै बस्न चेतावनी


१७ कार्तिक २०७९, बिहीबार
misile zXSHmZjcKq

टोकियो । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।

बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन चेतावनी दिएको हो । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन सार्वजनिक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७