उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्‍यो : अमेरिका


१९ कार्तिक २०७९, शनिबार
Capture

काठमाडौं । उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई ‘महत्वपूर्ण’ तोपगोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए ।

उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन् ।

बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए । दुबै देशले प्रहार गरेका क्षेप्यास्त्र एक अर्काको तटस्थित पानीमा खसेका थिए । उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा मिसाइल प्रहार गरेको थियो ।

प्योङयाङले प्रहार गरेको क्षेप्यास्त्रमध्ये एउटा दक्षिण कोरियाी सहर सोक्चोबाट ६० किलोमिटर भन्दा कम दूरीमा खसेको थियो, जसलाई दक्षिणका राष्ट्रपति युन सुक–योलले ‘क्षेत्रीय अतिक्रमण’ भनेका छन् । सन् १९४५ मा कोरियाली प्रायद्वीप विभाजित भएदेखि दक्षिणको पानीमा ब्यालिस्टिक मिसाइल खसेको यो पहिलो पटक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७