साता दिनमै साढे साढे २१ अर्ब बढ्यो निक्षेप


२१ कार्तिक २०७९, सोमबार
banks
फाइल फोटो

काठमाडौं । गत साता वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार अघिल्लो हप्ता १७ अर्ब १३ करोड रुपैयाँले घटेको निक्षेप गत हप्ता बढेको हो ।

त्यस्तै, गत हप्ता ११ अर्ब २५ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ । अघिल्लो हप्ता ५६ करोड रुपैयाँ कर्जा बढेको थियो ।

कात्तिक पहिलो साता वाणिज्य बैंकहरुमा ६ अर्ब २४ करोड रुपैयाँले निक्षेप घटेको थियो भने ४ अर्ब ५४ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण वाणिज्य बैंकहरुमा निक्षेप बढेको बैंकर्स एशोसिएसनको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७