एमालेकी करिश्माले राप्रपाकी रेखालाई ‘योद्धा’ भन्दै मागिन् दिइन् भोट


२९ कार्तिक २०७९, मंगलवार
karishma rekha

काठमाडौं । अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ।

सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा. सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसद समेत हुन् । आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट मागेकी छन् ।

‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पु¥याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ डिस्ट्रिक्टलाई आग्रह गर्दछु,’ करिश्माले लेखेकी छन् । उनले कलाकार र महिलाको हिसाबमा रेखालाई भोट गर्न भनेकी छन् ।

स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् । तर, एमालेले उनलाई न स्थानीय तहमा कुनै पद दियो न प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नै बनायो । उनी एमालेको चुनाव प्रचारप्रसारमा त्यति सक्रिय भएकी छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७