घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१ मंसिर २०७९, बिहीबार
Gold 8

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७