नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो ५४ अर्ब दाबी भुक्तानी


३ मंसिर २०७९, शनिबार
NLIC Image

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ५४ अर्ब ७६ करोड दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो।
कम्पनीले २०७९ असोज मसान्तसम्म ५ अर्ब ३ करोड मृत्यु दाबी, १५ अर्ब २६ करोड अवधि समाप्ति दाबी भुक्तानी र १८ अर्ब ५३ करोड आंशिक अवधि भुक्तानी गरिसकेको बताएको छ।

यसका साथै अन्य शीर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग बापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५ अर्ब ९४ करोड कम्पनीले दाबी भुक्तानी गरिसकेको जनाइएको छ।

बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथा समयमा भुक्तानी (दावी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बीमा अवधिभित्र जुन सुकै समयमा घटित घटनापछि भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्छ।

त्यस्तै, आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पछि बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने कम्पनीले बताएको छ। कम्पनीले देशैभरी सातै वटा प्रदेशमा रहेका १९७ क्षेत्रीय कार्यालयहरूबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७