निर्वाचनको परिणामपछि मात्रै प्रधानमन्त्रीको टुङ्गो लाग्छ : शेखर कोइराला


४ मंसिर २०७९, आईतवार
Shekhar Koirala1668910432

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार डा शेखर कोइरालाले आवधिक निर्वाचनले लोकतन्त्रलाई थप बलियो बनाउने बताएका छन् ।

विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गरेपछि कोइरालालो भने, ‘मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ । जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्, दण्डहीनताको अन्त्य गरी सुशासन मात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ ।’

यो निर्वाचनले संघीयता र लोकतन्त्रलाई थप बलियो बनाएको भन्दै उनले राजनीतिक दलप्रतिको बढ्दो वितृष्णालाई चिर्न आवश्यक रहको चर्चा गरे । कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गर्दै त्यसपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए । निर्वाचनको परिणामपछि मात्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लाग्ने कोइरालाले प्रस्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७