दार्चुलाको शैल्यशिखरमा तीन राउण्ड हवाई फायर, मतदान स्थगित


४ मंसिर २०७९, आईतवार
Darchula Shail Shikhar

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा ३ राउण्ड हवाई फायर हुँदा मतदान कार्य स्थगित भएको छ ।
शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा ३ राउण्ड हवाई हुँदा मतदान कार्य स्थगित भएको हो ।

मतदान सञ्चालनका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद सुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७