नवलपुर पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी


४ मंसिर २०७९, आईतवार
Matpetika aagajani

नवलपुर । नवलपुरको एक मतदान केन्द्रमा आगजनी भएको छ । जिल्लाको देवचुली–४ झाक्रेमा रहेको शान्ति सिर्जना केन्द्रमा मतपेटिकामा आगजनी भएको हो ।

केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७