गोरखाका आठ केन्द्रमा पुनः मतदान गर्न एमालेसहित आठ दलको माग


५ मंसिर २०७९, सोमबार
matanad buth1668928616 1

काठमाडौं । एमालेसहित आठ दलले गण्डकी प्रदेशका दुई जिल्लामा पुनः मतदान गर्न माग गरेका छन् । गोरखा र स्याङ्जका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै उनीहरूले पुनः मतदानको माग गरेका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरूको नामबाट समेत मतदान गरेकोले पुनः निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ । पुनः निर्वाचन गर्नुपर्ने मागसहित सोमबार एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर १ र २ उम्मेदवार, स्वतन्त्र उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् ।

यस्तै, स्याङ्जाको क्षेत्र नम्बर २ मा पनि एमालेले पुनः मतदान गर्नुपर्ने माग गरेको छ । एमाले सचिव एवं स्याङ्जा २ की उम्मेदवार पद्मा अर्यालले निर्वाचनमा सत्तागठबन्धनले धाँधली गरेको भन्दै पुनः निर्वाचनको माग गरेकी हुन् । अर्यालले सोमबार पत्रकार सम्मेलनमार्फत कांग्रेसले बूथ कब्जा गरेको बताइन ।

यी हुन पुनः मतदान गर्न माग गरिएका केन्द्रः
निर्वाचन क्षेत्र नं. २

१. सूर्यज्योती मा.वि. वारपाक सूलिकोट गाउँपालिका
२. जीवनज्योती मा.वि. पा.न.पा. ७
३. दुर्गा मा.वि. रन्चोक वारपाक सूलिकोट गाउँपालिका ४
४. हिमालय मा.वि. वारपाक सुलिकोट गाउँपालिका ४
५. ज्ञानज्योती मा.वि. अजिरकोट गाउँपालिका ३
६. स्थानिका आधारभूत विद्यालय पा.न.पा. १ ८. परोपकार मा.वि. जौवारी, सिरान्चोक
निर्वाचन क्षेत्र नं. १
१. वालकल्याण आधारभूत विद्यालय भिमसेनथापा गाउँपालिका १ – पार्वती आधारभूत विद्यालय धार्चे गाउँपालिका ३
२. भिमसेन आधारभुत विद्यालय, भिमसेन थापा गाउँपालिका ८ विन्द्रावती मा.वि. भिमसेन थापा गाउँपालिका १

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७