विश्वकप २०२२ : उपाधि दाबेदार इंग्ल्यान्डको आधा दर्जन गोल


५ मंसिर २०७९, सोमबार
316409722 6645389975476793 3683681406223223037 n
DOHA, QATAR – NOVEMBER 21: Marcus Rashford of England celebrates with teammates after scoring their team’s fifth goal during the FIFA World Cup Qatar 2022 Group B match between England and IR Iran at Khalifa International Stadium on November 21, 2022 in Doha, Qatar. (Photo by Hector Vivas – FIFA/FIFA via Getty Images)

काठमाडौं । फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६-२ गोलको नतिजामा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्गल्यान्डलाई जित दिलाउन बुकायो साकाले दुई तथा ज्युड वेलिङगाम, राहिम स्टर्लिङ्ग, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एकरएक गोल गरे । इरानका मेदी तारेमीले २ गोल फर्काए ।

खेलको ३५औँ मिनेटमा वेलिङगामको गोलमा सुरुआती अग्रता लिएको इङ्गल्यान्डका साकाले ४४औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । त्यसको एक मिनेट नबित्दै स्टर्लिङ्गले गोल गर्दै पहिलो हाफमा इङ्गल्यान्ड ३-० को अवस्थामा पुर्‍याएका थिए ।

खेलको सुरुआत देखिनै एसियन टिम माथि हाबी भएको इङ्गल्याण्डले दोस्रो हाफमा तीन गोल थप्यो ।साकाले ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमका लागि चौथो गोल गरे ।

315799178 6645137122168745 2702485019369597160 n
England’s midfielder #22 Jude Bellingham (C) celebrates scoring his team’s first goal during the Qatar 2022 World Cup Group B football match between England and Iran at the Khalifa International Stadium in Doha on November 21, 2022. (Photo by Adrian DENNIS / AFP) (Photo by ADRIAN DENNIS/AFP via Getty Images)

इरानका तारेनीले ६५औँ मिनेटमा पहिलो गोल फर्काएका थिए ।रासफोर्डले ७१औँ मिनेटमा गोल गर्दै इङ्गल्यान्ड अग्रता फराकिलो पारे ।

ग्रिलिसले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै इङ्गल्यान्ड जित ६–१ले शुनिश्चित गरे । खेलको ८९ औं मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थपे । उनले पेनाल्टी क्षेत्रभित्र क्यालम विल्सनको पासलाई सहजै गोलमा परिणत गरे । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्दार अजमौनको प्रहार क्रसबारमा लाग्दा इरानले अग्रता कम गर्न सकेन । तर त्यसलगत्तै इरानले भीएआरको सहायताले पेनाल्टी प्राप्त गर्यो । मेहदी तारेमीले पेनाल्टीमा गोल गर्दै खेलला ६:२ को स्थितिमा ल्याए ।

Bellingham Goal England Mount 1024x597 1

इंग्ल्यान्डले समूह बी मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत आज मध्यरात १२:४५ बजे दोस्रो खेल हुँदैछ । उक्त खेलमा अमेरिकाले वेल्सको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७