सप्तरी–२ मा सीके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छोडे


६ मंसिर २०७९, मंगलवार
upendra yadav ck raut and jaya prakash thakur

सप्तरी । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सस्के राउतले अग्रता लिएका छन् । डा. राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८ सय ४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत प्राप्त गरेका छन् ।

सप्तरी–२ क मा जनमत पार्टीका सतिस सिंहले १० हजार ८ सय ३२ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जसपाका शैलेन्द्र प्रसाद साह ५ हजार २ सय ८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ९ हजार ७ सय ६१ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । वाम गठबन्धनका उमेश यादवले ५ हजार २ सय ७८ मत प्राप्त गरी दोस्रो स्थान बनाउँदा जसपाका लक्ष्मण यादव ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७