लमजुङमा मतान्तर घटाउदै देव गुरुङ, पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि


७ मंसिर २०७९, बुधबार
Prithvi Subba Gurung dev gurung

लमजुङ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७