झापा–१ बाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित


७ मंसिर २०७९, बुधबार
bishwo prakash sharma
फाइल फोटो

झापा । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
आज (बुधबार) साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए । शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७