चार पटकको विश्वविजेता जर्मनी पहिलो खेलमै जापानले हरायो


७ मंसिर २०७९, बुधबार
Ritsu Doan Japan 1024x594 1

काठमाडौँ । चार पटकको विश्वविजेता जर्मनीले विश्वकप फुटबलमा खराव सुरुवात गरेकबो छ। बुधबार बुलेकी भएको खेलमा जर्मनी एशियन पावर हाउस जापानसँग स्तब्धभएको हो। जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो। जापानले पुर्नरगमन जित निकालेको हो। जर्मनीले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

जापानले ४ पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै कतार विश्वकपमा सानदार सुरुवात गरेको छ। २०१८ को विश्वकपमा जापान अन्तिम ११६ सम्म पुग्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।

जापानको जितमा रिस्तु डोङ र ताकुमा एसोनाले गोल गरे। जर्मनीका लागि इल्के गुएन्डोगनले एक गोल गरे। खेलको ३३ औँ मिनेटमा इल्के गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए।

पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेल जान दिएनन्। खेलको ७५ औँ मिनेटमा परिवर्तित खेलाडी रिस्तु डोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। किपरले पन्च गर्दै बचाएको रिबाउण्ड बललाई उनले पोष्टको जाली चुमाएका थिए।

Gundogan Germany 1024x683 1

डोङ ७१ औा मिनेटमा एओ तनाकाको स्थानमा मैदान छिरेका थिए। खेलको ८३ औँ मिनेटमा ताकुमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसअघि खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए।

१७ औँ मिनेटमा एन्टोनियो रुडिगरको सशक्त प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। २० औँ मिनेटमा किमिच जोशुआको अर्को प्रहार गोलमा परिणत हुन सकेन। खेलको २८ औँ मिनेटमा जर्मनका इल्के गुएन्डोगनले गरेको प्रहार जापानका गोलरक्षक शुची गोंडाले बचाए। गएको विश्वकपमा जर्मन समूह चरणबाटै बाहिरिएको थियो। जापान भने अन्तिम १६ सम्म पुगेको थियो। २०१४ मा जर्मनीले विश्वकप जित्दा जापान भने समुह चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७