डोल्पा प्रदेश ‘ख’ मा माओवादीका शाही निर्वाचित


९ मंसिर २०७९, शुक्रबार
Bir Bahadur shahi dolpa

डोल्पा । हिमाली जिल्ला डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख मा गठवन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार वीरबहादुर शाही निर्वाचित भएका छन् । शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका धनचन्द्र बैजीले चार हजार पाँच सय ९५ मत ल्याएका थिए ।त्यसैगरि राप्रका बौद्वसिंह कठायतले दुई सय ८९ मत ल्याएका छन् । कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री समेत रहेका शाहीले एमालेका बैजिभन्दा सात सय एक मत धेरै ल्याएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७