सोमालियामा सेनाको कारबाहीमा होटलमा बन्धक बनाएका चार लडाकु मारिए


१२ मंसिर २०७९, सोमबार
somaliab

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा मुस्लिम समूह अल–शबाबका लडाकु र सरकारी सुरक्षाकर्मीबीच भएको हमलामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

मोगादिसुको कडा सुरक्षामा रहेको होटललाई बन्धक बनाएकामध्ये चार जना लडाकुको मृत्यु भएको हो । होटलमा केहीबेर बन्दुक र ठूलो विष्फोटको आवाज सुनिएको थियो । ‘बन्दुकधारीहरू भवनको एउटा कोठामा फसेका छन् र सुरक्षा बलहरू चाँडै नै घेराबन्दी अन्त्य गर्न लागेका छन । अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’, सुरक्षा अधिकारी मोहम्मद दाहिरले भने ।

उक्त हमलामा सरकारी अधिकारीहरूसहित अन्य धेरै घाइते भएका उनले जानकारी दिए । बोन्डहेरे जिल्लामा दुईवटा ठूला विष्फोट र गोली चल्दा मानिसहरू घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीहरुले बताए । उक्त होटल सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
सोमालियामा हालै निर्वाचित सरकारले मुस्लिमविरुद्ध आक्रमक नीति अपनाएकोले विद्रोहीहरूले नागरिक र सैन्य सुविधाविरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७