विश्वकप फुटवल : समूह चरणको अन्तिम खेलहरू आजबाट


१३ मंसिर २०७९, मंगलवार
Capture1669681145

काठमाडौं । फिफा विश्वकपमा आज (मंगलबार) बाट समूह चरणअन्तर्गतको अन्तिम खेलहरू शुरू हुँदैछन् ।
समूह चरणको तेस्रो चरणका खेलहरूमा आज समूह ‘ए’ र ‘बी’ का समान दुई खेल गरी चार खेलहरू हुँदैछन् । आजबाट हरेक समूहका दुई खेल एकै समयमा हुनेछ ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु हुने खेलमा समूह ‘ए’ को इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा अर्कोतर्फ अल बायत रंगशालामा आयोजक कतार र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

राति १२ः४५ बजेदेखि समूह ‘बी’ का इरान र अमेरिकाले अल थुमामामा रंगशालामा खेल्दा अर्कोतर्फ अहमेद बिन अली रंगशालामा वेल्स र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७