पाकिस्तान तालिबानद्वारा सरकारसँगको शान्ति सम्झौता भङ्ग गरेको घोषणा


१३ मंसिर २०७९, मंगलवार
pakistan taliban aXiJtpya9B

इस्लामाबाद । पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ ।

‘विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले सम्पूर्ण देशमा जहाँ भए पनि आक्रमणहरू गर्नु आवश्यक छ’ सोमबार राति टीटीपीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

सन् २००७ मा प्रभावमा आएपछि पाकिस्तानभर भएका दर्जनौं हिंसात्मक हमला र सयौंको मृत्युमा तेहरिक– इ–तालिबान पाकिस्तान (टीटीपी) समूह जिम्मेवार छ ।सन् २०१० मा ठूलो संख्यामा तालिबान लडाकुहरूलाई पाकिस्तानबाट छिमेकी अफगानिस्तानमा धपाइएको थियो ।

तर, काबुलमा अफगान तालिवानको सत्तामा फर्किएपछि उनीहरूलाई हौसला मिलेको छ । जुनमा टीटीपीले पाकिस्तान सरकारसँग युद्धविराम गरेको थियो । तर, सम्झौता उल्लंघन भएको दुबै पक्षले एक अर्कामाथि आरोप लगाउँदै आएका थिए र विभिन्न स्थानमा अनगिन्ती झडप भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७