बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या, एक युवती घाइते


१४ मंसिर २०७९, बुधबार
death woman
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।

त्यस्तै सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७