जापान विश्वकप फुटबलको नकआउट चरणमा पुग्यो


१६ मंसिर २०७९, शुक्रबार
japan y2N2Fm6h5a

काठमाडौं । जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । स्पेनले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो ।
खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुशाती अग्रता दिलाएका थिए । जापानले दोस्रो हाफको शुरुवातमै गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७