कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार


१६ मंसिर २०७९, शुक्रबार
shooting a gun 0131 horizontal large gallery अमेरिकामा ११ जना यहुदीको हत्या
सांकेतिक तस्विर

रुपन्देही । कपिलवस्तुमा एक भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिएका छन् । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्‍याइएको बस्नेतले बताए ।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७