सिभिल बैंकले थालनी गर्‍यो ‘डिजिटल सुदूरपश्चिम’ अभियान


१६ मंसिर २०७९, शुक्रबार
civil bank scaled

काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गर्दै सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ।

धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा।निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिनाद्वारा पानी पूरी देखि जुत्ता मर्मतसम्म, टेम्पो सवारी देखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरेकी थिइन्।

MAHENDRANAGAR DIGITAL SUDURPASCHIM 1

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले डिजिटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गर्‍यौं त्यसरी नै डिजिटल इको सिस्टमको विकास गरेर यसरी भुक्तानी गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने उनले बताए।

DHANGADHI DIGITAL SUDURPASCHIM EVENT 12

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुसम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७