स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पद्मा अर्याल ६ हजार ५४ मतले पछाडि


१७ मंसिर २०७९, शनिबार
padma Dhanraj

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर– २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले २९ हजार ३३ मत प्राप्त गरी अग्रता लिएका छन् । एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ९७९ मतसहित गुरुङलाई पछ्याइरहेकी छन् । उनीहरूको मतान्तर ६ हजार ५४ को छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७१३ मत ल्याएका छन् । यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिइरहेका छन् । उनले १६ हजार ६९० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १३ हजार ४६१ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७