दोलखा अपडेट : शिवाकोटी भन्दा कार्की १,१९५ मतले अगाडि


१९ मंसिर २०७९, सोमबार
dolakha 20 11

दोलखा । दोलखाको मतगणना अन्तिम चरणमा पुग्दैगर्दा मत परिणाम पनि रोचक बन्दै गइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याकं अनुसार यहाँ एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच १,१९५ मतको अन्तर छ ।

यसअघि एमालेका शिवाकोटी ३० मतले अघि बढेका थिए । यहाँ मतगणनाशसुरु भएदेखि नै उछिनापछिन भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ८१ हजार ९८ मत गणना भएको छ । एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३५ हजार ७९० मत ल्याएका छन् ।

यहाँ अहिलेसम्म ३,३१३ मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीका अुनसार अहिले शैलुङ गाउँपालिकाको वडा नम्बर १ र मेलुङ गाउँपालिका २ को मतगणना जारी छ ।

dolakha election update YercF5Hf8W

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७