एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक


२२ मंसिर २०७९, बिहीबार
amale

काठमाडौं । नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७