दराज ग्राण्ड इयर एन्ड सेल १२.१२ मंसिर २६ गतेदेखि सुरू


२५ मंसिर २०७९, आईतवार
daraj1670743101

काठमाडौं । नेपालको अनलाइन बजार दराजले वर्षको अन्तिम अभियान (दराज १२.१२)को घोषणा गरेको छ।

यस वर्षको ११.११ को व्यापक सफलता पछि दराजले मंसिर २६ (१२ डिसेम्बर) देखि सुरू हुने बताएको छ।

ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूले मनपर्ने उत्पादनहरूमा थुप्रै, छुट र अफरहरू प्राप्त गन अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।

कम्पनीको अनुसार १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीको लागि धन्यवाद दिने तरिका हो।

अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, ७ हजार रुपैयाँसम्मको मेगा भाउचर, १२ सय १२ रुपैयाँसम्मको प्रि–पेमेन्ट छुट, २ लाख ७ हजार रुपैयाँको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश रहेको कम्पनीले बताएको छ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत १२ प्रतिशत (अधिकतम १२ हजार १२ रुपैयाँ) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम एक लाख) सम्मको छुट पाउने बताइएको छ।

एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, ग्राहकले आफ्नो आइ एम ई–वालेटमार्फत भुक्तानी गरेमा १२ प्रतिशत अधिकतम ३३३ रुपैयाँको थप छुट पाउनेछन्।

दराज १२.१२मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुट उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

अभियानका लागि डायमण्ड पाट्र्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पाट्र्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट रहेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७