साढे ७ लाख जरिवाना मिनाहा माग गर्दै मेयर साहले दिए निवेदन


२८ मंसिर २०७९, बुधबार
Balendra Shah

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् ।

तोकिएको समयमा खर्च विवरण नबुझाएको भन्दै आयोगले शाहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले शाहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७