नेपाली क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत


२९ मंसिर २०७९, बिहीबार
manoj pravakar

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मुख्य प्रशिक्षक प्रभाकरले दिएको राजीनामा आज (बिहीबार) देखि नै लागु हुने गरी स्वीकृत भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन् । लगातारको खराब प्रदर्शनपछि श्रीलंकाका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेको स्थानमा प्रभाकार आएका थिए । क्यानले नेपाली टोली सम्हाल्ने गरी प्रभाकरसँग एक वर्षे सम्झौता गरेको थियो ।

तत्कालीन प्रशिक्षक डेभ ह्रवाटमोरले राष्ट्रिय टोली छाडेपछि प्रभाकर नेपाली टोली सम्हाल्न गत साउनमा नेपाल आएका थिए ।
भारतीय प्रशिक्षक प्रभाकर नेपाल आएपछि नेपालको क्रिकेट यात्रा झन् ओरालो लागेको थियो । पूर्व प्रशिक्षक ह्वाटमोरले टोली सम्हालेपछि नेपाली टोली केही लयमा देखिएको थियो ।

उनले नेपालको ब्याटिङ लाइनमा सुधारको संकेत दिएका थिए । उनले टोलीमा ओपनरको खोजी गर्दै नेपाललाई सुखद नतिजा पनि दिएका थिए । प्रभाकर नेपाल आएको एक सातामा नै राष्ट्रिय टोलीले केन्या भ्रमण गरेको थियो । तर पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रदर्शन लगातार खराब थियो । समाचार अनुसार खराब प्रदर्शनका कारण खेलाडीसँग प्रभाकरको सम्बन्ध पनि बिग्रिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७