चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा ५४ वन्यजन्तु मरे


१ पुष २०७९, शुक्रबार
chitwan nikunja

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् ।
तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक–एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक–एक गैँडा मरेको उनले बताए । तीन–तीन घडीयाल गोही र गौरीगाई प्राकृतिक कारणले मरेका छन् ।

हात्ती, जरायो, बँदेल, कछुवा दुई–दुई पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एक–एक वटा मरेको छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७