विश्वकप फुटबलको फाइनल खेल आज : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै


३ पुष २०७९, आईतवार
World Cup Final France Argentina bItUh6NAcz

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज (आइतबार) उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच भिड्दै छन् ।

कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु हुनेछ । यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।
फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २–० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेका थिए ।

विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौं पटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो ।

यता फ्रान्स भने चौंथो पटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो । फ्रान्सले रूसमा भएको विश्वकपको पछिल्लो संस्करणमा क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७