‘द भ्वाइस’ अन्तिम चार प्रतिस्पर्धी छानिए, बाहिरिए आशिष महर


३ पुष २०७९, आईतवार
aashish

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल चारको समीकरण पूरा भएको छ । शनिबार राति भएको एपिसोडबाट चौंथो सिजनको ‘द भ्वाइस अफ नेपाल’ का लागि अन्तिम चार प्रतिस्पर्धी छानिएका हुन् ।

अन्तिम चारमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेशपायल राईको टिमबाट सविना लिम्बू र प्रविशा अधिकारीको टिमबाट साहिल लिम्बु छन् । यी चार जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार राति भएको एपिसोडबाट आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । आशिष ‘द भ्वाइस’बाट बाहिरिएपछि धेरैले प्रतिभाको कदर नभएको भन्दै अलोचना गरिरहेका छन् । शनिबार भएको प्रतिस्पर्धामा भ्वाइसका पूर्व विजेता किरण गजमेर पनि उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७