दीपिका पादुकोण र कासिलासले विश्वकप ट्रफी बोक्ने


३ पुष २०७९, आईतवार
Casillas Deepika Padukone 1024x512 2

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत फाइनल खेलअघि भारतीय अभिनेत्री दीपिका पादुकोण र स्पेनिस गोलरक्षक इकर कासिलासले विश्वकप ट्रफी बोक्ने भएका छन् ।

फाइनल खेलमा दुई टोली मैदान प्रवेश गर्नुअघि परम्परागत रुपमा फिफा विश्वकपको ट्रफी मैदानमा ल्याउने प्रचलन रहेको छ । त्यसै कार्यक्रममा अभिनेत्री दीपिका पादुकोण र इकर कासिलासले कतार विश्वकपको फाइनलअघि ट्रफी मैदानसम्म ल्याउन लागेका हुन् ।

दीपिका फिफाको पार्टनर लुइस भूतोंको प्रतिनिधिका रुपमा ट्रफी बोक्न लागेकी हुन् । कासिलास सन् २०१० मा स्पेनले विश्वकप जित्दा टोलीका कप्तान थिए । यसअघि उद्घाटन समारोहमा फ्रान्सका मार्से डेजाइलीले ट्रफी मैदानमा ल्याएका थिए ।

विश्वकप सुरु हुनुभन्दा एक दिन अघि लुइ भुटोंले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको एकसाथ चेस खेलेको तस्विर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७