पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको २ गोलको अग्रता


३ पुष २०७९, आईतवार
messi di mariya

काठमाडौँ । एकतार विश्वकपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ।

खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।

३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।

अर्जेन्टिनाले यस खेल जितेको अवस्थामा तेस्रो पटक फिफा विश्वकप उपाधि जित्नेछ । फ्रान्सले भने उपाधि रक्षा गर्न दोस्रो हाफमा कम्तीमा दुई गोल फर्काउनु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७