ज्येष्ठ सांसद जबराले लिए पदकाे शपथ


६ पुष २०७९, बुधबार
pashupati shamsher scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नव निर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति शम्शेर जबरालाई ज्येष्ठ सदस्यका रुपमा शपथ खुवाएकी छन् ।

आज (बुधबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ ।
जबरा सबैभन्दा ज्येष्ठ सदस्य हुन् । उनको जन्म १९९८ मंसीर २४ गते भएको संसद् सचिवालयको रिकर्डमा उल्लेख छ । उनी ८२ बर्षका भए ।

त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयले मंसीर ७ गते प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ । राष्ट्रपतिबाट शपथ लिएका राणाले बिहीबार नव निर्वाचित अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सहित २ सय ७५ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७