चलचित्र ‘छक्कापञ्जा–४’ को पोस्टर सार्वजनिक


७ पुष २०७९, बिहीबार
xakka panja

काठमाडौं । नेपाली चलचित्र ‘छक्कापञ्जा–४’ को पोस्टर सार्वजनिक भएको छ । अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

बुधबार सार्वजनिक उक्त पोस्टरमा दीपक चित्रण छन् । साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ । चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), राज आचार्यलगायतका कलाकार छन् । हेमराज बिसिद्वारा निर्देशित चलत्रिचलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन् भने कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७