सर्वदलीय बैठक : शपथ ग्रहण प्रक्रियाबारे गराइयो जानकारी


७ पुष २०७९, बिहीबार
all party meeting ekxvcFKlSk 1

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणअघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र स्वतन्त्र सांसदको बैठक बसेको छ ।

प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि र स्वतन्त्र सांसद सहभागी थिए ।

गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिँदैछन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । ज्येष्ठ सदस्यको हैसियतमा आज उनले अन्य सबै सांसदलाई बानेश्वरस्थित संसद् भवनमा शपथ गराउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७