सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा वैठक


१० पुष २०७९, आईतवार
raprapa meeting
फाइल फोटो

काठमाडौं । नयाँ सरकारमा सहभागी हुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छलफलमा जुटेको छ ।
वर्तमान सत्ता गठबन्धन धरापमा परेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् ।

राप्रपाका नेताहरू महामन्त्री विक्रम पाण्डेको निवासमा अनौपचारिक छलफल सकेर अहिले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् । पदाधिकारी बैठकबाट राप्रपाले सरकारमा सहभागिता जनाउने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७