केपी ओली र प्रचण्ड फेरि सँगसँगै (तस्बिरहरू)


११ पुष २०७९, सोमबार
KP sharma oli and prachanda 6

काठमाडौं : आइतबार दिउँसो गठबन्धन टुट्ने घोषणा गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बालकोट निस्किए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धोका दिएको निचोड सहित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए ।

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका ओली र प्रचण्डबीच यसबीचमा तित्तत्ता पूर्ण सम्बन्ध रह्यो । तर नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाटै सरकार बनाउने लामो गृहकार्य त्यागेर बालुवाटारबाट बाहिरिएको पाँच घण्टाभित्रै प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्ने वातावरण अध्यक्ष ओलीले तयार पारे ।

सोमबार प्रचण्डले सपथ लिएका छन् । प्रधानमन्त्री पहिलो चरणमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । हेर्नुहोस् अध्यक्ष ओली र प्रधानमन्त्रीका प्रचण्डका पछिल्ला तस्बिरहरु :

KP sharma oli and prachanda 4
KP sharma oli and prachanda 5
KP sharma oli and prachanda 2
KP sharma oli and prachanda 3
KP sharma oli and prachanda 1
KP Oli and Parchanda

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७