एस्टन भिल्लामाथि लिभरपुलको सहज जित


१२ पुष २०७९, मंगलवार
liverpool 4TDLPKwRIP

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एक पक्षीय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो ।

लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७ औं मिनेटमा २–० को अग्रता बनाए । ५९ औं मिनेटमा ओलिइ वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा झारेका थिए । तर, स्टेभन बाजसेटिकले ८१औं मिनेटमा गोल गरेपछि एस्टन भिल्ला खेलमा फर्कन सकेन् ।

जितसँगै जोर्गेन क्लोपको लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । भिल्ला १६ खेलबाट १८ अंकसहित १२ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७