प्रचण्डलाई भारतीय अभिनेता विवेक ओबरायले दिए बधाई


१२ पुष २०७९, मंगलवार
vivek

काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन् ।

उनले तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘बधाई छ कमरेड प्रचण्ड । तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा । भर्खरै तपाईंसँगको भेटले सम्मानित महसुस गरायो । तपाईंले हामीलाई गर्नुभएको न्यानो माया र स्वागतले नेपालको विनम्रता र सांस्कृतिक करुणालाई झल्काउँछ ।’

नेपालको पर्यटन प्रवर्द्धन गर्न भन्दै १० दिने नेपाल भ्रमणमा आएको बेला प्रचण्डलाई भेट्न ओबराय मंसिर २९ गते खुमलटार पुगेका थिए । नेपाल भ्रमणको क्रममा ओबरायले पशुपतिनाथको दर्शन गरेपछि परिवारसँग चन्द्रागिरी, पोखरा, भैरहवा र लुम्बिनीको भ्रमण समेत गरेका थिए । ओबराय गत २८ मंसिरमा नेपाल आएका थिए भने पुस ९ गते स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७