सुशान्तसिंह राजपूतको हत्या भएको दाबी


१२ पुष २०७९, मंगलवार
sushanta rajput 1562020020839 1000x0 1

मुम्बइ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ । शव पोस्टमार्टममा सहभागी अस्पतालका एक कर्मचारीले अभिनेता राजपूतको हत्या भएको दाबी गरेका हुन् ।

मुम्बईको कपुर अस्पतालका रूपकुमार शाहले एएनआईसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । अभिनेता राजपूतको शरीरमा चोटका डामहरू देखिएको शाहले दाबी गरेका छन् । उनले घाँटीमा रहेको डाम पनि झुण्डिएको नभएको बताए ।

‘त्यस दिन अस्पतालमा पाँच शव पोस्टमार्टमका लागि ल्याइएका थिए । जसमा एक भिआइपी थिए । पोस्टमार्टम गर्ने बेला थाहा भयो, बलिउडका हिरो सुशान्त सिंह राजपुतको शव रहेछ । उनको शरीरमा धेरै डामहरू थिए । घाँटीमा पनि झुण्डिएको भन्दा फरक डाम देखिन्थयो । यसबारे मैले सिनियर डाक्टरलाई भनेको पनि थिएँ,’ उनले भनेका छन् ।

त्यतिबेला अस्पतालले पोस्टमार्टम रिपोर्टमा शरीर कुनै चोट नदेखिएको बताएको थियो । राजपुत १४ जुन २०२० मा मुम्बईस्थित आफ्नै फ्लाटमा मृत भेटिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७