कोभिड रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता


१४ पुष २०७९, बिहीबार
ayat birjung naka

बारा । छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगञ्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गरेका छन् । उनले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिए ।

हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरे । न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७