प्रदेश-१ को मुख्यमन्त्रीमा माओवादी केन्द्रको औपचारिक दाबी


१४ पुष २०७९, बिहीबार
pradesh 12021 01 21 09 24 43

मोरङ । प्रदेश–१ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि औपचारिक दाबी गरेको छ । माओवादी केन्द्र प्रदेश–१ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको हो । सो पार्टीको प्रदेश समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

माओवादी केन्द्र प्रदेश–१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाए । ‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरूसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ । समितिका अन्य सदस्यमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहेका छन् । प्रदेश–१ प्रदेशसभामा ९३ जना सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सदस्य रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७