पर्यटकीय शहर पोखरामा सडक महोत्सव (तस्वीरहरु)


१४ पुष २०७९, बिहीबार
Pokhara sadak mahotsab 4 scaled

पोखरा । पर्यटकीय शहर पोखरामा बुधबारदेखि २४ औं पोखरा सडक महोत्सव शुरु भएको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पाँच दिने महोत्सव शुरु भएको हो ।

गएका २ वर्ष कोरोनालगायतले प्रभावित बनेको पर्यटन क्षेत्र महोत्सव शुरुआतसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित छन् ।
महोत्सव पूर्व हल्लनचोकदेखि विभिन्न झाँकीसहित शुरु र्‍याली लेकसाइडका विभिन्न भाग परिक्रमा गर्दै समारोहस्थित फेवाताल किनार कोमागाने पार्क पुगेको थियो । पाँच दिने सडक महोत्सवमा पाँच लाख दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ ।
हेर्नुस् तस्वीरहरु (रासस)

Pokhara sadak mahotsab 1
Pokhara sadak mahotsab 2
Pokhara sadak mahotsab 3
Pokhara sadak mahotsab 4
Pokhara sadak mahotsab 5
Pokhara sadak mahotsab 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७